काठमाडौं । ललितपुरको सानेपामा अचेत अवस्थामा भेटिएकी पूर्वसचिव कार्कीकी श्रीमती मुना कार्कीको मृत्यु भएको छ । ललितपुरको सानेपास्थित निवासमा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि स्टार अस्पताल लगिएको थियो ।
अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । साथै, कार्कीको घरमा काम गर्ने विजय चौधरी पनि मृत अवस्थामा फेला परेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया




