महालक्ष्मी विकास बैंकद्वारा सुगन्ध थलेसिमिया प्रोजेक्टलाई सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकको विराटनगर शाखाले ‘थलेसिमिया’ रोगबाट ग्रसित बालबालिकाको स्वास्थ्य उपचारका लागि स्थापित ‘सुगन्ध थलेसिमिया प्रोजेक्ट’ लाई दुई लाख पचास हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ ।

उक्त रकमकाे चेक बैंककाे विराटनगर शाखाका प्रबन्धक भरत खतिवडाले  हस्तान्तरण गरे। बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप