काठमाडौं । कामना सेवा विकास बैंकले पोखरा लामाचौर बगैंचास्थित श्री अकलादेवी तथा लक्ष्मी नारायण मन्दिरलाई आल्मुनियम झ्याल ढोका राख्ने प्रयोजनको लागि आर्थिक सहयोग स्वरुप रु १ लाखको चेक हस्तान्तरण गरेको छ ।
सहयोग रकम पोखरा महानगरपालिकाका वडा अध्यक्ष शोभामोहन पौडेल र कामना सेवा विकास बैंकका सञ्चालक चतुराखर अधिकारीले संयुक्त रुपमा चेक हस्तान्तरण गरे।
बैंकका ११८ वटा शाखा कार्यालय, ६२ एटिएम, एबिबएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ भि फाइभ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।
तपाईंको प्रतिकृया



