बस र जीप एकापसमा ठोक्किँदा एकको मृत्यु

बाँके । नेपालगञ्ज–सुर्खेत जोड्ने रत्नराजमार्गको देउराली नजिकै बस र जीप एकआपसमा ठोक्किँदा गएराति एकको मृत्यु भएको छ । कोहलपुरबाट बर्दियाको बबईतर्फ जाँदै गरेको भे १ च १६३१ नम्बरको जीपलाई सुर्खेतबाट आउँदै गरेको भे १ ख २७५९ नम्बरको बसले ठक्कर दिँदा जीप चालक राजकुमार चौधरीको मृत्यु भएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्रकुमार बमले दुर्घटनामा गम्भीर घाइते बाँके बैजनाथ गाउँपालिका–२ निवासी चौधरीको शिक्षण अस्पताल कोहलपुरमा उपचार गर्ने क्रममा मृत्यु भएको जानकारी दिए ।  दुर्घटनामा जीपका सहचालक मनोज चौधरी सहित अन्य छ जना सामान्य घाइते भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

2

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य