सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको खाल्डे प्रहरी चौकीमा अज्ञात समूहले गए राति आक्रमण गरेको छ । मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा अवस्थित सो चौकीमा मोटरसाइकलमा आएका १०/१२ जनाको समूहले आक्रमण गर्दा दुई प्रहरी घाइते भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।
घाइते प्रहरी सहायक निरीक्षक सन्तोषकुमार झालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको र प्रहरी हवल्दार हरिबहादुर मगरको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
आक्रमणकारी मध्येका एक सुनखानीका सोम थिङलाई प्रक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको निरीक्षक तामाङले जानकारी दिए ।
तपाईंको प्रतिकृया




