सिद्धार्थ बैंकको नयाँ शाखा सर्लाहीको लालबन्दीमा

काठमाडौं । सिद्धार्थ बैंकले आफनो नयाँ शाखा सर्लाहीको लालबन्दी नगरपालिकामा शाखा स्थापना गरेको छ । यस शाखाबाट बैंकका अन्य शाखाहरुबाट जस्तै आम जनतारुले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायतका सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् ।

यस शाखाबाट स्थानीय स्तरमा बंैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, कर्जा कारोबार जस्ता सेवामार्फत स्थानीय स्तरमा आर्थिक गतिविधि बढ्ने बिश्वास बैंकले लिएको छ ।

यो शाखासहित बैंकले हाल देशभर ९४ वटा शाखा, ३ एक्स्टेन्सन् काउन्टर, ९९ शाखारहित बैंकिङ्ग सेवा , १०५ एटिएम र ६५० भन्दा बढी पस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री