काठमाडाैं । काठमाडौं उपत्यकामा आइतबार एकै दिन साढे २२ सय बढी सवारीसाधन र चालक कारबाहीमा परेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका सडकमा विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार २ सय ६९ सवारीसाधन तथा चालकमाथि कारबाही गरिएको हो ।
कारबाहीमा पर्नेमा सबैभन्दा बढी फुटपाथमा पार्किङ गर्ने २ सय १२ रहेका छन्। त्यसैगरी लेन मिचेर सवारी चलाउने १ सय ८५ जना सवारी चालक कारबाहीमा परेका छन् ।
उक्त दिन अनधिकृत पार्किङ गर्ने १ सय ४० वटा सवारीसाधनमा ह्विल/चेन लक गरिएको महाशाखाले जनाएको छ ।
त्यसैगरी, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ९५, टिप्पर ६४, निषेधित क्षेत्रमा हर्न बजाउने ५२, भाडाका कार/ट्याक्सी ५२ तथा अन्य १ हजार ३ सय २६ कारबाही गरिएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आइतबार उपत्यकामा ३९ वटा सवारी दुर्घटना भएकामा ११ जना सामान्य घाइते भएका छन् ।




