महालक्ष्मी विकास बैंकका ग्राहकहरुको प्रशासनिक शुल्क फिर्ता

काठमाडौं । महालक्ष्मी विकास बैंकले गुणस्तरीय सेवा प्रदान गरी ग्राहक सन्तुष्टि अभिवृद्धि गर्ने उद्देश्य सहित महालक्ष्मी उद्यमशील कर्जा योजना अन्तर्गत नियमित रुपमा कर्जाको किस्ता/ब्याज भुक्तानी गर्ने ग्राहकहरुलाई प्रशासनिक शुल्क फिर्ता गरेको छ ।

ग्राहकहरुले नियमित रुपमा कर्जाको किस्ता/ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर स्वरुप बैंकले उक्त शुल्क फिर्ता गरेको हो । बैंकले प्रदान गरेको उक्त सुविधाबाट यस आर्थिक बर्षको असोज मसान्तसम्म करिब ६० जना ग्राहक लाभान्वित हुन सफल भएका छन् ।

आगामी दिनहरुमा समेत कर्जाको किस्ता÷ब्याज नियमित भुक्तानी गर्ने ग्राहकहरुलाई संस्थाको नियमानुसार प्रशासनिक शुल्क फिर्ता गर्दै जाने बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा बैंकले पायो आईएसओ प्रमाणपत्र

काठमाडौं । सानिमा बैंकले आईएसओ २७००१ः०२२ प्रमाणपत्र प्राप्त गरेको छ। सूचना प्रविधि र सूचना प्रविधि …

प्रतिकृया दिनुहॊस