शिवमाया तुम्बाहाङ्फे नेकपाको केन्द्रीय सदस्यमा मनोनित

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सांसद शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको गरेको छ ।

मंगलबार बसेको नेकपा सचिवालयको बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

तत्कालीन उपसभामुख रहेकी तुम्बाहाङफेले गत गत माघ ६ गते राजीनामा दिएकी थिइन् । तुम्बाहाङफे केन्द्रीय सदस्यमा मनोनित भएसँगै उनलाई आजबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने बाटो खुलेको छ ।

उनी तत्कालीन एमालेको केन्द्रीय सदस्य थिइन् । उपसभामुख बनेपछि पार्टीको सदस्यता त्यागेकी थिइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने

काठमाडौँ । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । …

प्रतिकृया दिनुहॊस