आज ग्याल्बो र सोनाम ल्होछार मनाइँदै

काठमाडौँ । आज सोनाम र ग्याल्बो ल्होसार । सोनाम कृषि ल्होथो पात्रोअनुसार मलमास परेकाले दुवै ल्होसार एकैदिन परेको छ ।

सरकारले माघ ४ गते नै सोनाम ल्होछारको विदा दिएपनि केही तामाङ समुदायले आफूहरुको तिथी र पात्रोअनुसार नमिलेको भन्दै मनाएका थिएनन् । सोनाम र ग्याल्बो दुवैले आज एकैदिन ल्होछार धुमधामका साथ मनाउँदैछन् ।

आज सरकारले सार्वजनिक विदा दिएको छ । यसअघि माघ ४ गते पनि सरकारले सार्वजनिक विदा दिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री