काठमाडौँ । आज सोनाम र ग्याल्बो ल्होसार । सोनाम कृषि ल्होथो पात्रोअनुसार मलमास परेकाले दुवै ल्होसार एकैदिन परेको छ ।
सरकारले माघ ४ गते नै सोनाम ल्होछारको विदा दिएपनि केही तामाङ समुदायले आफूहरुको तिथी र पात्रोअनुसार नमिलेको भन्दै मनाएका थिएनन् । सोनाम र ग्याल्बो दुवैले आज एकैदिन ल्होछार धुमधामका साथ मनाउँदैछन् ।
आज सरकारले सार्वजनिक विदा दिएको छ । यसअघि माघ ४ गते पनि सरकारले सार्वजनिक विदा दिएको थियो ।
तपाईंको प्रतिकृया




