सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । अरनिको राजमार्गको बाह्रबिसे तातोपानी सडक खण्डमा शुक्रबार बिहान बा ४ ख २८१२ नम्बरको आइचर गाडी सडकबाट भोटेकोशीमा खसी दुर्घटना भएको हो।
दुर्घटनामा परी मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका-८ मानेश्वराका ट्रक चालक ३५ वर्षीय शेखर अधिकारी, ट्रकमा सवार ४० वर्षीय सुब्बा अधिकारी र २० वर्षीय कमल अधिकारी छन् ।
तपाईंको प्रतिकृया




