आज तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडाैँ । आज एकै साथ तीन कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । जसअन्तर्गत हिमालयन बैंक, नागबेली लघुवित्त र डिप्रोक्स लघुवित्त रहेका छन ।भने यी तिनै कम्पनीले भोली माघ १३ गते बुकक्लोज गर्नेछ।

त्यसकारण आज माघ १२  गते नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । त्यस्तै, हिमालयन बैंकले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने साधारण सभा बोलाएको छ ।

कम्पनीको २७ औँ वार्षिक साधारण सभा माघ २९ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा  हुनेछ । त्यस्तै,डिप्रोक्स लघुवित्तले  हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने  साधारण सभा बोलाएको छ ।

कम्पनीको अठारौँ वार्षिक  साधारण सभा  माघ २६ गते भरतपुर गार्डेन रिर्सोट हुेनछ ।  ७७ करोड ३४ लाख १० हजार ४४१ रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको ३० प्रतिशत बराबरको २३ करोड २० लाख २३ हजार १३२ रुपैयाँ बोनस पश्चात एक अर्ब ५४ लाख ३३ हजार ५७३ रुपैयाँ कायम हुनेछ।

त्यस्तै ,नागबेली लघुवित्तले चुक्ता पूँजीको २६ प्रतिशत बोनस शेयर, सोको कर प्रयोजनको लागि १.३६८ प्रतिशत वितरण गर्ने  साधारण सभा बोलाएको छ । यसका साथै बोनस शेयर वितरण पश्चात कायम चुक्ता पूँजीको ४ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

नेपाल राष्ट्र बैंकको  निर्देशन पश्चात  समूहको शेयर स्वामित्व ५१ प्रतिशत परिवर्तन गर्न लागेको हो। कम्पनीको दशौँ वार्षिक साधारण सभा माघ २६ गते सिटी पार्टी प्यालेस, बिर्तामोड, झापामा  हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री