आफू प्रधानमन्त्री बन्न ओलीद्धारा दाबी पेश

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री बनाउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी सामु दाबी पेश गरेका छन् ।

एउटै दलको बहुमत नभएकाले एमाले र माओवादीले संवैधानिक प्रावधानअनुसार आफूहरुको बहुमत रहेको उल्लेख गर्दै प्रधानमन्त्रीमा नियुक्तिको आग्रहसहित ओलीको नाम प्रस्ताव गरेका हुन् ।

राष्ट्रपतिलाई भेट्न ओली र प्रचण्डसहित नेताहरू नारायणकाजी श्रेष्ठ, माधव नेपाल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल र अग्नि खरेल शितल निवास पुगेका थिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री