संघर्षपूर्ण जीत निकाल्दै चौथो चरणमा पुगे रोजर फेडेरर

काठमाडौं । अस्ट्रेलियन ओपन टेनिसको उपाधि ६ पटक जितेका रोजर फेडेरर संघर्षपूर्ण खेलमा जीत निकाल्दै यसपटक चौथो चरणमा पुगेका छन्।

विश्व नम्बर तीन स्वीस फेडेररले बरियता बिहीन अस्ट्रेलियन जोन मिलम्यानलाई अति कठिन गरी पराजित गरेका हुन्।

फेडेररले मिलम्यानलाई ४–६, ७–६ (७–२), ६–४, ४–६ र ७–६ (१०–८) को सेटमा पराजित गरेका हुन्। यो खेलमा जित निकाल्नका लागि फेडेररले चार घण्टा तीन मिनेट खेल्नु परेको हो ।

चौथो चरणमा उनले हंगेरीका मार्तोन फुक्सोविचसँग प्रतिस्पर्धा गर्ने छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

2

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य