काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५५ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव समारोहमा अर्थमन्त्री डा.युवराज खतिवडाले सरकारी स्तरको रुपमा राष्ट्रिय वाणिज्य बैंक रहने बताए । उनले राष्ट्रिय वाणिज्य बैंकले प्रगति गरिरहेको र अझै प्रतिस्पर्धी बन्नुपर्ने बताए ।
समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले नेपालको आर्थिक विकासमा रा.वा. बैंकले खेलेको भुमिकाको सराहना गर्दै यो बैंक नेपालका अन्य वाणिज्य बैंकहरुको तुलनामा अग्रणी रहेको बताए । बैंकका संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले बैंकको समग्र स्थितिमा सुधारको लागि चालिएको कदमले बैंकका वित्तीय अवस्था, कार्यपद्धती र सेवाको गुणस्तरमा सुधार भएको बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराए । उनले २०७६ पुस मसान्तसम्म बैंकले १ खर्ब ९७ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब रुपैंया कर्जा लगानी गरेको बताए । बैैंकले यस अवधिमा खुद मुनाफा २ अर्ब ५ करोड रुपैंया गरेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।
उनले आर्थिक वर्ष २०७६।०७७ लाई ‘क्लिन एण्ड स्मार्ट आरबीबी वीथ कन्सोलिडेसन’ भन्ने अभियान संचालन गरी फिजिकल र फाइनान्सियल स्मार्टनेसको लक्ष्य सहित विभिन्न प्रकारका कामहरु गरि रहेका छौ । यस सिलसिलामा लामो समय देखि नधुल्याइएका पुराना कागजपत्रहरु धुल्याउने काम सम्पन्न गरेका छौ । पुराना फर्निचरहरु, गाडी तथा सरसामानहरु लिलाम विक्री गरिसकेका छौ । लामो समय देखि अन रिकन्सिल तथा पेन्डिङमा रहेका हिसाब मिलान कार्यलाई कार्यदल बनाएर राफसाफ गर्ने गरी काम अगाडि बढाएको बताए ।




