‘एन्टी हिरो’ मा जसिता

काठमाडाैँ । अनमोल केसीकी नायिकाका रूपमा फिल्म एन्टी हिरोमा जसिता गुरुङ अनुबन्धित भएकी छन्। प्रदीप खड्कासँग दुई फिल्म ‘लिली बिली’ र ‘लभ स्टेसन’ मा अभिनय गरेकी जसिताले अहिले अनमोल केसीकी नायिका बन्ने अवसर पाएकी हुन्।

निर्माता भुवन केसीले नयाँ बन्न लागेको आफ्नो फिल्म ‘एन्टी हिरो’ मा अनमोलको जोडी बनाएर जसितालाई उभ्याएका हुन्। जसिताले यो फिल्मका लागि हस्ताक्षर गरेकी छन्। फिल्मको छायांकन वैशाखबाट सुरु गरेर दसैंमा रिलिज गर्ने तयारी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘पुजार सार्की’ को ट्रेलरमा जातीय विभेदको कथा (भिडियो)

काठमाडौँ । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र …

प्रतिकृया दिनुहॊस