विदेशमा यी विषय पढ्दा पाइन्छ रोजगारी र आकर्षक तलब

काठमाडाैँ । उच्च शिक्षा अध्ययनका सिलसिलामा बर्सेनि हजारौं नेपाली विद्यार्थीले पश्चिमी मुलुकका विश्वविद्यालय खोजिरहेका हुन्छन्। पश्चिमी मुलुकका विश्वविद्यालयमा अध्ययन गरेर धेरैले आफ्नो रोजगारीको ढोका खोल्नेसमेत गरेका छन्, तर अध्ययनका लागि विदेश जानुअघि कुन विषय पढ्दा रोजगारीको सुनिश्चितता बढी हुन्छ र कुन रोजगारीले मासिक तलब बढी आउला भन्ने कुरामा धेरै विद्यार्थीलाई द्विविधा हुन्छ।

किपलाइनरले हालै कुन विषय पढेर रोजगारी अँगाल्यो भने आर्थिक रूपमा बढी फाइदाजनक हुन्छ भनेर लामै सूची सार्वजनिक गरेको छ। जुन आज माघ १० गतेको शुक्रबार साप्ताहिकले छापेको छ। यहाँ केही उदाहरण प्रस्तुत गरिएको छ :

इलेक्ट्रिकल इन्जिनियरिङ
पछिल्लो पटक टेक्नोलोजी विकासले गर्दा यो पेसाका इन्जिनियरिङको माग बढ्दै गएको छ। जागिरको अवसर २३ प्रतिशतले अमेरिकामा बढेको छ। अर्काे दशकसम्म यो अझै बढ्ने छ। पहिलो चरणमा कुनै व्यक्तिले ७९ लाख वार्षिक आम्दानी गर्न सक्छन् भने अनुभवका आधारमा उसको तलब बढेर वार्षिक १ करोड साढे ३३ लाख रुपैयाँसम्म पुग्ने गर्छ।

नर्सिङ
नर्सिङ पेसाको माग अहिले सबै क्षेत्रमा अत्यधिक बढ्दै गएको छ। एक अनुमानअनुसार अहिले अमेरिकामा अहिले अमेरिकामा नर्सले पहिलो चरणमा वार्षिक साढे ६९ लाख रुपैयाँ आम्दानी गर्छन् भने उनीहरूको अनुभवअनुसार यो तलब बढेर करिब ८८ लाख रुपैयाँसम्म हुने गर्छ।

कम्प्युटर इन्जिनिरियङ
प्रविधिको जमाना भएका कारण अहिले कम्प्युटर इन्जिनियरहरूको माग सर्वत्र अत्यधिक छ। रोगजगारी सुरु गरेको वर्षमै लगभग ८२ लाख वार्षिक आम्दानी गर्छन् भने अनुभव बढ्दै गएपछि उनीहरूको आम्दानी बढेर १ करोड ३६ लाख रुपैयाँको हाराहारीमा पुग्ने गर्छ।

केमिकल इन्जिनियरिङ
कच्चा पदार्थको प्रयोग गरेर कपडा, खानेकुरा, इन्धन, औषधिजस्ता पदार्थ उत्पादनका क्षेत्रमा अवसर बढ्दै गएको छ। एक अनुमानअनुसार अहिले अमेरिकामा मात्र वार्षिक साढे १७ प्रतिशतको दरमा यो पेसाको माग बढेको छ। पहिलो चरणमा वार्षिक ८१ लाख रुपैयाँ तलब पाउँछन् भने अनुभवका आधारमा १ करोड ४४ लाख रुपैयाँसम्म आम्दानी गर्न सक्छन्।

सभिल इन्जिनियरिङ
निर्माण क्षेत्रको ढाँचा तयार गर्नेमा सिभिल इन्जिनियरको भूमिका महत्वपूर्ण हुन्छ। अमेरिकामा अहिले सिभिल इन्जिनियरले पहिलो चरणमा वार्षिक ६८ लाख रुपैयाँ तलब पाउने गर्छन् भने अनुभवका आधारमा बढेर १ करोड १५ लाख रुपैयाँसम्म पुग्छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री