ताइवान स्वतन्त्र राज्य रहेपनि चीनबाट खतरा : राष्ट्रपति वेन

एजेन्सी । ताइवानका राष्ट्रपति त्सई इंग वेनले चीनले टाप देशहरुलाई सम्मान गर्नुपर्ने बताएकी छिन् । दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएलगत्तै उनले चीनले ताइवान स्वतन्त्र राज्य रहेपनि चीनबाट खतरा रहेको बताएकी हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टीले लामो समयदेखि ताइवानमाथि सार्वभौमिकता दावी गरिरहेको र आवश्यक परे आफूले बल प्रयोग गरेर ताइवानलाई लिनसक्ने चीनले बताउँदै आएको छ । नवनिर्वाचित राष्ट्रपति वेनले ताइवान स्वायत्त राज्य रहेकाले त्यसतर्फ आँखा नलगाउन चीनको ध्यानाकर्षणसमेत गराएको बीबीसीले जनाएको छ ।

पछिल्ला वर्षहरुमा एक चीनको अवधारणा एक उपयोगी सम्झौता सावित भएको ताइवानका समर्थकहरुको दावी छ । उनीहरुले चीनले ताइवानसँगको आर्थिक सम्बन्ध निर्माणका लागि लचिलो हुनुपर्ने बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘मोरु डिजिटल वालेट’ फोनपेको अन्तर-आबद्ध भुक्तानी प्रणालीमा समावेश

ललितपुर । भुक्तानी सञ्चालक फोनपेले पेनेप प्रालि (मोरु डिजिटल वालेट)लाई आफ्नो सञ्जालमा समावेश गरेको छ …

प्रतिकृया दिनुहॊस