नेपाल बैंकको २५ प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल बैंकको शुक्रबार बसेको ६० औं साधारण सभाले १० प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ । शसस्त्र प्रहरी बलको सभाहलमा भएको बैंठकले १० प्रतिशतका दरले ९८ करोड ११ लाख १४ हजार ८ सय रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो ।

यस्तै, चुक्ता पूँजीको १५ प्रतिशतको दरले हुन आउने १ अर्ब ४७ करोड १६ लाख ७२ हजार २ सय रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने निर्णय पनि पारित भएको छ । यस्तै बेंकले अधिकृत पूँजी १० अर्बबाट वृद्धि गरी १५ अर्ब कायम गर्ने र सोही अनुसार प्रबन्ध पत्रको सम्बन्धित दफामा संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी विकास बैंक र एनसिएचएलबीच समझदारी

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसिएचएल) ले नेपाल र भारतबीच अन्तर्देशीय …

प्रतिकृया दिनुहॊस

This will auto close after