काठमाडौंको कमलाक्षीमा गण्डकी विकास बैंक

काठमाडौं । पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंक लिमिटेडले काठमाडौंको कमलाक्षीमा शाखा कार्यालय विस्तार गरेको छ । यो सहित विकास बैंकको शाखा संख्या ९२ वटा पुगेको छ ।

हाल यस विकास बैंकको कुल चुक्ता पुँजी २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । त्यस्तै, गत मंसिर मसान्तसम्ममा कुल निक्षेप ३२ अर्ब ९७ करोड संकलन गरी २६ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १७.३२ प्रतिशत नगद लाभांस वितरण गर्न गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई सकेको छ भने पुस मसान्तमा सम्पन्न हुन लागेको बाह्रौ वार्षिक साधारण सभाले पारित गरे पश्चात उक्त लाभांश शेयरधनीहरुलाई वितरण गरिनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कपिलवस्तुमा ‘एभरेष्ट बैंक’ को चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले देशका स्थानमा रहेका ग्राहकहरूलाई दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा …

प्रतिकृया दिनुहॊस