युक्रेनी जहाजमा इरानी क्षेप्यास्त्र प्रहार भएको क्यानडाका प्रधानमन्त्रीको आशंका

काठमाडौं । तेहरानमा दुर्घटना भएको युक्रेनी वायुसेवाको विमानलाई इरानी फौजले खसालेको भन्ने आशंका गरिएको छ । अमेरिका, क्यानडा र ब्रिटेनले बुधवार तेहराननजिकै दुर्घटना भएको युक्रेनी वायुसेवाको विमानलाई इरानी फौजले खसालेको भन्ने विभिन्न गुप्तचरी स्रोतहरूबाट सङ्केत मिलेको बताएक‍ो बीबीसीले उल्लेख गरेको छ । उनीहरूले भुलवश इरानले त्यो विमानमा क्षेप्यास्त्र प्रहार गरेको हुन सक्ने बताएका हुन्।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि विभिन्न गुप्तचरी सूचनाहरूका अनुसार जमिनबाट आकाशमा आक्रमण गर्न सकिने क्षेप्यास्त्रबाट विमानमा प्रहार भएका सङ्केतहरू पाइएको बताएका छन् । इरानमा गत बुधवार बिहान १७६ जना सवार युक्रेनको बोइङ-७३७ विमान दुर्घटनामा पर्दा त्यसमा सवार सबै जनाको ज्यान गएको थियो।

इरानी सरकारका एक प्रवक्ताले चाहिँ सो आरोपप्रति आक्रोशपूर्ण प्रतिक्रिया दिएका छन्। उनले विमानमा यात्रा गरिरहेका यात्रुहरूका देशलाई दुर्घटनाको कारण पत्ता लगाउने अनुसन्धान गर्न आफ्ना प्रतिनिधि इरान पठाउन आग्रह पनि गरे। विमान निर्माता कम्पनी बोइङलाई पनि त्यसै गर्न उनले आह्वान गरे। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार विमान दुर्घटनाको समय हेर्दा इरानले अमेरिकासँग बदला लिन तयारी गरिरहेका बेला भुलवश त्यसलाई अमेरिकी लडाकु विमान ठानेको हुन सक्छ।

सीबीएस न्यूजले अमेरिकी गुप्तचर स्रोतहरूलाई उद्धृत गर्दै जनाए अनुसार प्रहार गरिएका दुईवटा क्षेप्यास्त्रमा एउटा भू-उपग्रहले इन्फ्रारेडसम्बन्धी कमजोरी पत्ता लगाएको थियो। अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र वरिष्ठ अमेरिकी गुप्तचर अधिकारीहरूलाई उद्धृत गर्दै न्यूजवीकले युक्रेनी विमानलाई रुसमा निर्मित टोर क्षेप्यास्त्रबाट मार हानिएको हुन सक्ने जनाएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिहीवार उक्त विमानमा के भयो भन्नेबारे आफूमा सन्देह रहेको बताएका थिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘मोरु डिजिटल वालेट’ फोनपेको अन्तर-आबद्ध भुक्तानी प्रणालीमा समावेश

ललितपुर । भुक्तानी सञ्चालक फोनपेले पेनेप प्रालि (मोरु डिजिटल वालेट)लाई आफ्नो सञ्जालमा समावेश गरेको छ …

प्रतिकृया दिनुहॊस