फरार दुई प्रतिवादी पक्राउ

सप्तरी । विभिन्न मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले सप्तरीको डाक्नेश्वरीबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ का ३८ वर्षीय बलराम मेहता र सोही ठाउँका ५९ वर्षीय मुनर यादव रहेका छन्।

सुरक्षा बेस क्याम्प पत्थरगढाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब  उपरीक्षक तिलक भारतीले जानकारी दिए। पक्राउ परेका मेहता शिक्षासम्बन्धी मुद्दामा र यादव कुटपिट मुद्दामा फरार रहेका थिए। आफ्नै गाउँघरमा लुकिछिपि बस्दै गरेको अवस्थामा दुबै जनालाई बुधबार पक्राउ गरी जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविलाई ‘मुद्दा चलाउनु नपर्ने’ भनेर थन्क्याइएको फाइल खोल : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सबैमाथि लागेका सबैखाले आरोपउपर निष्पक्ष छानबिन हुनुपर्ने बताएका …

प्रतिकृया दिनुहॊस