डडेल्धुरामा भारी हिमपातका कारण सडक अवरुद्ध

डडेल्धुरा । डडेल्धुरामा भारी हिमपात भएको छ । हिजो साँझदेखि परिरहेको हिमपातका कारण भीमदत्त राजमार्गको साहुखर्क हगुल्टे र डडेलधुराबाट बझाङ, बैतडी र दार्चुला जाने दशरथ राजमार्गको अनारखोलीको खोड्पेमा बाटो अवरुद्ध भएको छ ।

राजमार्ग अवरुद्ध हुँदा यातायातका साधनहरु सडकमै रोकिएका छन् । पुस महिनाभित्र डडेल्धुरामा तेस्रो पटक हिमपात भएको हो । लगातारको हिमपातले मानिसहरुको दैनिकी कष्टकर बन्दै गएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री