नेपाल बंगलादेश बैंकद्धारा फिदिममा ३० विद्यार्थीलाई अभिमुखीकरण गतिशीलता र नोट पहिचानको प्रशिक्षण सम्पन्न

इलाम । फिदिम  ४ पाँचथर स्थित श्री गढी माध्यमिक विद्यालयमा नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पौष ४ गते मैत्री समाज नेपालको सहायताले सो विद्यालयका ३० दृष्टिविहिन विद्यार्थीहरुलाई अभिमुखीकरण गतिशीलता र नोट पहिचानको १ हप्ताको प्रशिक्षण सम्पन्न गरेको थियो ।

सो प्रशिक्षणमा कुल १७ छात्र तथा १३ छात्राहरु भाग लिएका थिए । यस प्रशिक्षणले विद्यार्थीहरुलाई सामान्य मार्गनिर्देशन, दिशा परिवर्तन, सागुँरो ठाउँमा हिँडडुल, भ¥याङ्ग, माथिल्लो तथा तल्लो शरीरको भागको सुरक्षा, विभिन्न ठाउँमा बस्ने तरिका, एक्लै हिँडडुल गर्ने तरिका सिकाई सेतो छडी लिएर हिँड्ने तथा सो छडीका भागहरु बारे पर्चा वितरण गरिएको थियो ।

यस प्रशिक्षणको अन्त्यमा सहभागी विद्यार्थीहरुलाई बैंकको फिदिम शाखाका शाखा प्रमुख राजकुमार थापाले प्रमाणपत्र हस्तान्तरण गरे। यस्ता कार्यक्रमले समाजका अशक्त असहाय वालवालिकाहरुलाई अति आवश्यक प्रशिक्षण दिने र भविष्यमा यस्ता कार्यक्रम गरिरहनु पर्ने भनी शाखा प्रमुखले आफ्नो मन्तव्य राखेकाे थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य