काठमाडाै । माछापुच्छ्रे बैंकले अन्तराष्टियस्तरको एसआइपी पीबीएक्समा आधरित आइभीआर बैंकिङ र अडियो नोटिस बोर्डसहितको अत्याधुनिक प्रविधको ग्राहक सेवा केन्द्र संचालनमा ल्याएको छ । ग्राहकहरुलाई छिटोछरितो र सहज रुपमा सुविधा प्रदान गर्ने उद्देश्यका लिएकाे बैंकले जनाएकाे छ ।
बैंकले जारी गरेको विज्ञप्तिअनुसार अब ग्राहकले विभिन्न सामाजिक सञ्जालमार्फत सिधै माछापुच्छ्रे ग्राहक सेवाकेन्द्रमा सम्पर्क स्थापित गर्न सक्ने बैंकले जनाएकाे छ ।
बैंकको गुणस्तरीय सेवाविस्तारका साथै देश तथा बिदेशमा रहेका ग्राहकहरुलाई बैंकसँग सम्बन्धित सूचना आदान–प्रदानका लागि ग्राहक सेवाकेन्द्रले प्रमुख भूमिका खेल्नेछ । ग्राहकले ०१५९७०५५५ नम्बरमा फोन गरी आफूलाई आवश्यक परेको जानकारी तत्काल पाउन सक्नेछन् ।
ग्राहकहरुले बैंकसँग सम्बन्धित विभिन्न सेवा, सुविधा, सूचना, गुनासो तथा अन्य कुराहरुको जानकारीका लागि बैंकसम्म पुग्न सहज हुने वताइएकाे छ ।
स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एवम् मुद्धती खाता खोल्ने, क्यू.आर.कोड लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकहरुवीचमा ल्याएकाे छ ।
बैंकले देशभर १४५ शाखा, १३८ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८३ स्थानमा रहेका सेवा सञ्जाल तथा १७९ वटा एटीएमहरु तथा १ हजारभन्दा बढी पीओएसमार्फत अत्याधुनिक प्रविधिसहितको बैंकिङ सेवा प्रदान गरिरहेको बैंकले जानकारी दिएकाे छ ।



