काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज मंगलबार मध्य र पूर्वी क्षेत्रका केही स्थानमा वर्षा हुने भएको छ ।
यसैगरी आजै उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने जनाइएको छ । पश्चिमी वायु अहिले सुदुरपश्चिम क्षेत्रबाट पूर्वतर्फ सरिरहेको छ ।
पश्चिमी वायु पूर्वतिर सर्ने क्रममा रहेकाले भोलि बुधबार काठमाडौंसहित मध्य र पूर्वमा पनि पानी पर्ने पूर्वानुमान गरिएको छ ।शुक्रबारसम्म सक्रिय रहने यो मौसम प्रणालीले पानी र हिउँ पर्ने तथा चिसो अत्याधिक बढाउनेछ ।
देशभरि नै चिसो बढ्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउन पनि माैसमविद्ले सुझाव दिएका छन् । विशेषगरी ताताे र झाेलिलाे पदार्थ खान तथा चिसाेबाट बच्न बाक्ला र न्यानाे लुगा लगाउन माैसमविद्ले सचेत गराएका छन् ।
तपाईंको प्रतिकृया



