बर्दियामा ट्रक दुर्घटना, तीन जनाको मृत्यु

बर्दिया – बर्दियामा ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्ग अन्र्तगत पर्ने बर्दिया निकुञ्ज भित्र ट्रक दुर्घटना हुँदा ३ जनाको ज्यान गएको हो ।

ठाकुरबाबा नगरपालिकाको आम्बासादेखि झण्डै ६ किलोमिटर पश्चिम तर्फ निकुञ्ज भित्र पर्ने राजमार्गमा भएको दुर्घटनामा दुई महिला  र एक पुरुषको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ । भैरहवाबाट फलामे छड लोड गरि धनगढी तर्फ गईरहेको लु २ ख १०६८ नम्बरको ट्रक बुधवार विहान ४ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा ज्यान गुमाएका ट्रकका सहचालक र दुई महिलाको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।  फलामे छड बोकेको ट्रकमा च्यापिएकाको शव जेसिवीको सहायताबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप