काठमाडाैं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको छ । एनसेलले एभरेस्ट बैंकमार्फत नेपाल सरकारको राजश्व खातामा ४ अर्ब ५० करोड रुपैयाँ जम्मा गरेको हो ।
सेयर स्वामित्व खरिद बिक्री प्रकरणमा निर्धारण भएको २२ अर्ब ४४ करोड ५३ लाख लाभकरमध्ये एनसेलले पहिलो किस्ताको रुपमा ४ अर्ब ५० करोड रुपैयाँ लाभकर बुझाएको हो । बाँकी कर आयकर ऐनले दिएको सुविधा अनुसार किस्ताबन्दीमा तिर्न पाउनुपर्ने निवेदन एनसेलले ठूला करदाता कार्यालयमा दिएको छ ।
सर्वोच्च अदालतको आदेशानुसार ठूला करदाता कार्यालयले २२ मंसिरमा पत्र पठाउँदै एनसेललाई १५ दिनभित्र लाभकर बुझाउन ताकेता गरेको थियो ।
तपाईंको प्रतिकृया




