काठमाडौं । जनता बैंकको सहयोगमा माघ २० गते कैलालीको केलारी गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । धनगढीस्थित धनगढी नेत्रालयसँगको सहकार्यमा आँखा सिविर सम्पन्न भएको हो ।
आँखा सिविरमा १२२४ जनाले विशेषज्ञ चिकित्सकबाट आँखा जचाए । जसमध्ये ३०० जना बिरामीलाई अपरेशनको लागि धानगढी नेत्रालयमा रिफर गरिएको छ, जहाँ उनीहरुले निःशुल्क अपरेशन सेवा प्राप्त गर्नेछन् ।
सिविरमा करिव १०० विरामीहरुलाई निःशुल्क चश्मा वितरण गरिएको थियो भने आवश्यकता अनुसारको औषधि निःशुल्क वितरण गरिएको थियो ।
प्रतिकृया दिनुहॊस