बसले विद्यार्थीलाई ठक्कर दिएपछि चावहिल तनावग्रस्त, गाडीमा आगजनी

काठमाडौं । गाडीले विद्यार्थीलाई ठक्कर दिएर भागेपछि काठमाडौंको चावहिल क्षेत्र तनावग्रस्त भएको छ । पशुपति क्याम्पसमा अध्ययनरत सृष्टि पन्तलाई आज बिहान गाडीले ठक्कर दिएर गम्भीर घाइते भएपछि विद्यार्थीहरुले चावहिल क्षेत्रमा यातायात अवरुद्ध साथै अन्य सवारी साधनमा आगजनी समेत गरेका छन् ।

घाइते पन्तको अहिले उपचार भइरहेको छ । बा ७ ख ५९३० नम्बरको बसले पन्तलाई सुकेधारामा ठक्कर दिएको थियो । ठक्कर दिएर गाडी भागेपछि विद्यार्थीहरुले अन्य गाडीमा तोडफोड र आगजनी गरेका थिए । प्रहरीका अनुसार विद्यार्थीले एउटा गाडीमा आगजनी र अर्को तोडफोड  गरेका छन् ।

विद्यार्थीलाई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पन्त बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी हुन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री