काठमाडौं । नेपाल र भुटानको यू १५ महिला टोलीबीच आज मैत्रीपूर्ण खेल हुँदैछ। नेपाल भ्रमणका क्रममा रहेको भुटानी टोलीले दुई मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटवल संघ एन्फाले जनाएको छ।
जसअनुसार पहिलो खेल आज दिउँसो २ बजे सातदोबाटो स्थित एन्फा कम्लेक्सको मैदानमा हुनेछ। अर्को खेल डिसेम्बर २५ मा हुनेछ। भुटानी टोली आइतबार काठमाडौं आइपुगेको थियो।
तपाईंको प्रतिकृया




