सिद्धार्थ बैंकको मुर्लीचौक शाखाको औपचारिक उद्घाटन

काठमाडौँ। सिद्घार्थ बैंकले आइतबार वीरगन्जस्थित मुर्लीचौक शाखाको औपचारिक उद्घाटन गरेको छ ।  बैंकको मुर्लीचौक शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक वीरगन्ज शाखाका कायममुकायम निर्देशक सुरेश शिवाकोटी र सिद्घार्थ बैंकका सञ्चालक राजेश कुमार केडियाले संयुक्त रुपमा भएको थिए ।

बैंकले मुर्लीचौक शाखा गत २०७५ चैत्र १० गते देखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले देशभर १७५ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

साथै बैंकले १९५ एटिएम र १६ सयभन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप