घुम्ती शिविरमा पाए १५९ ले नागरिकता

भोजपुर । भोजपुरको अरुण गाउँपालिकाको प्याउलीमा एकीकृत घुम्ती शिविरबाट सयभन्दा बढीलाई नागरिकता वितरण गरिएको छ ।

शनिबार सञ्चालित शिविरबाट १५९ जनालाई नागरिकता वितरण, ७० जनालाई अपांगता परिचयपत्र, जिल्ला आयुर्वेद कार्यालयबाट १५४ जनालाई निःशुल्क औषधि र जिल्ला स्वास्थ्य कार्यालयबाट ५९ जनाको स्वास्थ्य परीक्षण गरिएको हो ।

त्यस्तै कृषितर्फ १४० जना कृषकलाई बीउ वितरण, पशु सेवा कार्यालयबाट २२३ जनाले पशुपक्षीको विषयमा परामर्श लिएका छन् भने  जिल्ला वन कार्यालय र भू–संरक्षण कार्यालयमार्फत एक हजार २०० बिरुवा वितरण गरिएको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

फैसलाको पूर्णपाठ प्राप्त भएपछि अदालतमा उपस्थित हुनेछु : दीपक मनाङ्गे

काठमाडौं । गण्डकी प्रदेश सभाका सांसद राजीव गुरुङ ‘दिपक मनाङ्गे’ ले आफूविरुद्ध मुद्दाको पूर्णपाठ आएपछि …

प्रतिकृया दिनुहॊस