काठमाडौं । कैलाश विकास बैंकले आफ्ना शेयरधनीलाई १८. ७७ प्रतिशत लाभांश दिने भएको छ । बैंकले १६ प्रतिशत वोनश र लाभांस कर प्रयोजनका लागिसमेत गरी २.७७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले पुस २५ गते २६ औं वार्षिक साधारण सभा गर्ने तय गरेको छ ।
चुक्ता पुँजीमा १६ प्रतिशत अर्थात् ४० करोड ३३ लाख वोनश शेयर र ६ करोड ९८ लाख नगद लाभांश दिने भएको हो । साधारण सभाले प्राइम कमर्सियल बैंकमा गाभिने विशेष प्रस्ताव पनि पारित गर्ने छ ।
प्राइम कमर्सियल बैंकले पनि सोही दिन साधारणसभा गरी कैलाश प्राप्ति गर्ने निर्णय गर्दैछ । साधारण सभाले कैलाश र प्राइमबीचको सेयर अनुपात पनि पारित गर्ने छ । कैलाश विकास बैंकको सय कित्ता शेयरलाई प्राइम कमर्सियल बैंकको ९४ कित्ता प्राप्त हुनेछ । अर्थात सेयर अनुपात १ः०.९४ गर्ने समझदारी भईसकेको छ ।
तपाईंको प्रतिकृया



