कैलाश विकासले १८ प्रतिशत लाभांश दिने

काठमाडौं । कैलाश विकास बैंकले आफ्ना शेयरधनीलाई १८. ७७ प्रतिशत लाभांश दिने भएको छ ।  बैंकले १६ प्रतिशत वोनश र लाभांस कर प्रयोजनका लागिसमेत गरी २.७७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।  बैंकले पुस २५ गते २६ औं वार्षिक साधारण सभा गर्ने तय गरेको छ ।

चुक्ता पुँजीमा १६ प्रतिशत अर्थात् ४० करोड ३३  लाख वोनश शेयर र ६ करोड ९८ लाख नगद लाभांश दिने भएको हो ।  साधारण सभाले प्राइम कमर्सियल बैंकमा गाभिने विशेष प्रस्ताव पनि पारित गर्ने छ ।

प्राइम कमर्सियल बैंकले पनि सोही दिन साधारणसभा गरी कैलाश प्राप्ति गर्ने निर्णय गर्दैछ ।  साधारण सभाले कैलाश र प्राइमबीचको सेयर अनुपात पनि पारित गर्ने छ ।  कैलाश विकास बैंकको सय कित्ता शेयरलाई प्राइम कमर्सियल बैंकको ९४ कित्ता प्राप्त हुनेछ । अर्थात सेयर अनुपात १ः०.९४ गर्ने समझदारी भईसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप