काठमाडौं । सरकारी वकिल र प्रहरी अनुसन्धान अधिकृतहरुको संयुक्त सम्मेलन आजदेखि काठमाडौंमा शुरु हुँदैछ। राष्ट्रिय सभागृहमा आयोजना हुने दोस्रो राष्ट्रिय सम्मेलनको दिउँसो ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ।
महान्यायाधिवक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयको संयुक्त आयोजनामा सम्मेलन गर्न लागिएको हो। आज उद्घाटन कार्यक्रम मात्रै हुने र भोलीदेखि समूहगत छलफल अघि बढ्ने महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता संजीवराज रेग्मीले जानकारी दिए। सम्मेलनमा देशभरका सरकारी वकिल र प्रहरी अनुसन्धान अधिकृतगरी ६ सय भन्दा धेरै सहभागी हुनेछन्।
भोलीदेखि ६ वटा समूहमा समूहगत छलफल संचालन गरिने प्रवक्ता रेग्मीले बताए। सम्मेलनमा नयाँ संहिता लागू भएपछि त्यसको कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपायबारे छलफल हुनेछ।
तपाईंको प्रतिकृया




