पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको सजाय

काठमाडौं ।पाकिस्तानको लाहौर उच्च अदालतले पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई  देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाइएको छ । मुशर्रफ भने हाल पाकिस्तानमा छैनन् । मुशर्रफ अहिले दुबईमा उपचार गरिरहेका छन् । केही दिनअघि उनले एक भिडियो सन्देश जारी गरेर आफ्नो स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै आफ्नो अवस्था बारे जानकारी लिन अनुसन्धान आयोगसँग आग्रह गरेका थिए ।

उनले भनेका थिए, ‘मेरो विचारमा यो निराधार छ । देशद्रोहको कुरा छाडौं, मैले त यो देशको धेरै सेवा गरेको छु, युद्ध लडेको छु र दश वर्षसम्म देशको सेवा गरेको छु ।’

संविधान उल्लंघनको आरोपमा आफ्ना वकिल सलमान सफदरलाई न्यायालयले नसुनेको उनको गुनासो थियो । ‘मेरो विचारमा यो निकै ज्याजती भइरहेको छ र मलाई न्याय गरिएन,’ मुशर्रफले भिडियो सम्बोधनमा भनेका थिए ।

इस्लामाबादको विशेष न्यायालयले ३१ मार्च २०१४ मा देशद्रोहको एक मुद्दामा पूर्व सैनिक राष्ट्रपति जनरल (रिटायर्ड) परवेज मुशर्रफलाई अभियुक्त बनाएको थियो । उनी पाकिस्तानको इतिहासमा पहिला व्यक्ति हुन्, जसमाथि संविधानको अवहेलनाको मुद्दा चलेको थियो । २०१३ मा पाकिस्तानी मुस्लिम लिग (नवाज) सरकारमा आएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको थियो ।

मुशर्रफ एक पटक मात्र अदालतमा उपस्थित भए, जतिबेला उनीमाथि आरोप लागेको थियो । त्यसपछि कहिल्यै अदालतमा उपस्थित भएनन् ।

मार्च २०१६ मा स्वास्थ्यको कारण देखाएर उनी विदेश गए । सत्तारुढ पार्टी मुस्लिम लिग (नून)ले एक्जिट कन्ट्रोल लिस्टबाट उनको नाम हटाएको थियो, जसका कारण उनी देश बाहिर जान पाए ।
२००२ को अप्रिलमा विवादास्पद जनमतसंग्रह गराएर मुशर्रफ थप पाँच वर्षका लागि राष्ट्रपति बनेका थिए।  २००७ को अक्टोबर–नोभेम्बरमा मुशर्रफले फेरि राष्ट्रपति चुनाव जिते । तर सो चुनावको नतिजा विरुद्ध सर्वोच्च अदालतमा चुनौति दिइयो ।

त्यसपछि उनले देशमा आपतकाल लागु गरे र मुख्य न्यायाधीश इफ्तिखार चौधरी करीलाई हटाएर नयाँ व्यक्तिलाई नियुक्त गरे र ती न्यायाधीशले सो चुनावलाई वैध करार गरे । सन् २००८ को अगस्टमा मुशर्रफले राष्ट्रपतिबाट राजीनामा दिए । दुुई विपक्षी दलले आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने सहमति गरेपछि उनले राजीनामा दिएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री