छुरा प्रहार गरी फरार रहेका ब्यक्तिहरू पक्राउ

काठमाडौं । छुरा प्रहार गरी फरार भएका ३ जनालाई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका–३ बंशगोपाल बस्ने १९ वर्षीय रामशेखर शिलाकार, सोही स्थान बस्ने १९ वर्षीय समिर मंक र बोडे भक्तपुर बस्ने सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–६ घर भएका १९ वर्षीय प्रबिण बस्नेत रहेका छन्।

मङ्सिर २५ गते राति भक्तपुर नगरपालिका–१० कमलविनायक बसपार्कमा सोही नगरपालिका–९ च्याम्हासिंह बस्ने ४८ वर्षीय गंगाप्रसाद प्रजापतीलाई उनीहरूले छुरा प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले खोजी गर्नेक्रममा च्याम्हासिंहस्थित सडकबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमध्ये रामशेखर शिलाकारको साथबाट ४ सय ग्राम सुकेको गाँजा समेत बरामद भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री