काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले ‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’ प्राप्त गर्न सफल भएको छ । सन् २०१९ का लागि निगमले साे अवार्ड हात पारेकाे हाे ।
एयरलाइन्स क्रिटिक्स एण्ड ब्लगर एशोसिएसन’ ले निगमले गुणस्तरीय सेवा पुर्याएबापत सो सम्मान प्रदान गरेको हो । एशोसिएशनद्वारा आयोजित कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले सो सम्मान ग्रहण गरेका हुन् ।
एशोसिएशनले अन्तरराष्ट्रिय उडानका विभिन्न सेवामा निगमले पुर्याएको सेवालाई समेटेर भिडियो सामग्री तयार गरेको र मतका आधारमा निगमले उत्कृष्ट सम्मान जित्न सफल भएको हाे ।
एयरलाइन्स कृटिज एन्ड ब्लगर एशोसिएसनले प्रदान गर्ने साे अवार्ड ४५० भन्दा बढी एयरलाइन्स ब्लगर, रिभ्युअर, यात्रु र एभियसन पत्रकारहरुले गरेको समीक्षाका आधारमा नेपाल वायुसेवा निगमलाई साे अवार्ड दिइएकाे हाे ।
एशाेसियनका अनुसार वायुसेवा कम्पनीहरूले दिने सेवा, सुविधा र यात्रुसँग गरिने व्यवहार, टिकट मूल्य तथा इन्फ्लाइट खानाको गुणस्तर, मनोरञ्जन, सुरक्षा लगायत विषयका आधारमा सो पुरस्कार छनोट गरिन्छ ।




