सिन्धुपाल्चोक बस दुर्घटना : मृत्यु हुनेको संख्या १३ पुग्यो, १७ घाइते

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका – ७ को ६ किलोमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेकाे छ । हालसम्म १३ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए  । दुर्घटनामा १७ जना घाइते भएका छन् ।

घाइतेहरुलाई खाडीचौर, धुलिखेल लगायत अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगिसकेकोले उद्धारकार्य भइरहेकाे र मृतकको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ । बस सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

कालिन्चोक भगवतीको दर्शन गरी  भक्तपुर फर्कदैं गरेको बा २ ख ४४६८ नम्बरको रिर्जभ यात्रुबस दुर्घटनामा परेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री