कुमारी बैंकको मेलम्ची शाखा सञ्‍चालन

काठमाडौं । कुमारी बैंक लिमिटेडले सिन्धुपाल्चोकस्थित मेलम्ची शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत, स्थानीय व्यापारिक समुदाय, वासिन्दा लगायत बैंकका कर्मचारीको उपस्थितिमा बैंकका सञ्‍चालक कृष्णप्रसाद ज्ञवाली तथा मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालद्वारा उक्त शाखा संयुक्त रुपमा उद्घाटन भएको छ ।

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको हो । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्‍याउने योजना बनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सनराईज बैंकले ल्यायो ‘शिक्षित लक्ष्मी’ कार्यक्रम

काठमाडौँ । महिला सशक्तीकरणप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै लक्ष्मी सनराईज बैंकले शिक्षित लक्ष्मी पहलको थालनी गरेको …

प्रतिकृया दिनुहॊस

This will auto close after