काठमाडौं ।आज (बुधबार) पनि नेपाली रुपैयाँसँग अधिकांश विदेशी मुद्राको विनिमयदर घटेको छ। मङ्गलबार २५ पैसाले घटेको अमेरिकी डलरको खरिददर र बिक्रीदर फेरि १८ पैसाले घटेको छ। हिजो ११ पैसाले घटेको युरो एकको खरिददर र बिक्रीदर दुवै नौ पैसाले छ ।
हिजो बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर र बिक्रीदर तीन पैसाले घटेकोमा आज सात पैसाले घटेको छ। आज एक सिङ्गापुर डलरको खरिददर १४ पैसा र बिक्रीदर १५ पैसाले घटेको छ। साउदी रियाल एकको खरिददर र बिक्रीदर पाँच पैसाले, कतारी रियालको खरिददर छ पैसा र बिक्रीदर पाँच पैसाले तथा यूएई दिर्हाम एकको खरिददर र बिक्रीदर दुवै पाँच पैसाले घटेको छ।
आज मलेसियन रिंगिटको खरिददर छ र बिक्रीदर सात पैसाका दरले घटेको छ। कुवेती दिनार एकको खरिददर र बिक्रीदर दुवै ५६ पैसाले घटेको छ। बहराइन दिनार एकको खरिददर र बिक्रीदर पनि ५० पैसाका दरले घटेका छ। बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ।



