बुधबार विदेशी मुद्राको विनिमयदर घट्याे

काठमाडौं ।आज (बुधबार) पनि नेपाली रुपैयाँसँग अधिकांश विदेशी मुद्राको विनिमयदर घटेको छ। मङ्गलबार २५ पैसाले घटेको अमेरिकी डलरको खरिददर र बिक्रीदर फेरि १८ पैसाले घटेको छ। हिजो ११ पैसाले घटेको युरो एकको खरिददर र बिक्रीदर दुवै नौ पैसाले छ ।

हिजो बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर र बिक्रीदर तीन पैसाले घटेकोमा आज सात पैसाले घटेको छ। आज एक सिङ्गापुर डलरको खरिददर १४ पैसा र  बिक्रीदर १५ पैसाले घटेको छ।   साउदी रियाल एकको खरिददर र बिक्रीदर पाँच पैसाले, कतारी रियालको खरिददर छ पैसा र बिक्रीदर पाँच पैसाले तथा यूएई दिर्हाम एकको खरिददर र बिक्रीदर दुवै पाँच पैसाले घटेको छ।

आज मलेसियन रिंगिटको खरिददर छ र बिक्रीदर सात पैसाका दरले घटेको छ।   कुवेती दिनार एकको खरिददर र बिक्रीदर दुवै ५६ पैसाले घटेको छ। बहराइन दिनार एकको खरिददर र बिक्रीदर पनि ५० पैसाका दरले घटेका छ। बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री