प्रथम पर्सागढि गोल्डकप,एपिएफ सामु मकवानपुर निरीह

सिमरा  । पर्साको बढनीयारमा जारी प्रथम पर्सागढि गोल्डकपको आजको खेलमा शसत्र प्रहरीको (एपिएफ) रुद्र बाहिनी गण पथलैया बिजयी भएको छ । मकवानपुर ११, हेटौँडालाई ३–१ गोल अन्तरले पराजीत गर्दै एपिएफ पथलैया खेलको क्वाटरफाईनमा प्रबेश गरेको हो ।
सुरुवाती समयमा निकै प्रतिस्पर्धात्मक बनेको खेलको १०औँ मिनेटमा मकवानपुरका तर्फबाट १३ नम्बर जर्सीका आशिक बरालले १ गोल गरेका थिए । मकवानपुर १–० ले अग्रता लिएपछि आक्रामक खेलेको एपिएफका तर्फबाट खेलको ४५औँ मिनेटमा जर्सी नम्बर ७ का पशुपती बिकले एक गोल गर्दैै टिमलाई १–१ को बराबरी   दिलाए ।
त्यसैगरी खेलको दोस्रो हाफको ३२औँ मिनेटमा पुनः पशुपती बिकले एक गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए । दोस्रो हाफको ४० औँ मिनेटमा एपिएफकै जर्सी नम्बर १४ का खेलाडि कुमार दोङले अन्तीम गोल गरे र टिमलाई ३–१ गोल अन्तरले बिजयी बनाए ।
निकै रोमाञ्चक बनेको खेलमा मकवानपुरका लागी आशिक बरालले एक गोल गरेपनी त्यो जितका लागी प¥याप्त नहुँदा आफ्नो पहिलो खेलबाटै बाहिरीनुप¥यो ।
आजको प्रतियोगीताको म्यान अफ दि म्याच एपिएफ का पशुपती बिक घोषीत भए । प्रतियोगीता अन्तर्गत भोली नव जनजाग्रीती युवा क्लब सिमरा र चौधरी ११, बारा बिच प्रतिस्पर्धा हुनेछ ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री