मोटरसाइकलको ठक्‍करबाट पैदल यात्रुको मृत्यु

राजविराज । सप्तरीमा मोटरसाइकलको ठक्‍कबाट घाइते महिलाको उपचारका क्रममा आइतबार राति मृत्यु भएको छ । कञ्चनरूप नगरपालिका २ महादेव पट्टीकी ५० वर्षीया समिना खातुनको उपचारका क्रममा राजविराज ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

कञ्चनरूपस्थित धर्मेश्वर अस्पतालमा उपचार सम्भव नभए पछि गम्भीर घाइते खातुनलाई राती राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल रेफर गरिएको थियो । डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार तीव्र गतिमा पश्चिमबाट पूर्व जाँदै गरेको को.१४ प ७७२७ नम्बरको मोटरसाइकलको ठक्करले कञ्चनरूप नगरपालिका २ महादेव पट्टीस्थित पूर्व पश्चिम राजमार्गमा पैदल हिंडिरहेकी खातुन घाइते भएकी थिइन् ।

उनको टाउको तथा शरीरको विभिन्न भागमा चोट लागेको थियो । ठक्‍कर दिने मोटरसाइकल चालक सिरहाको मिर्चैया नगरपालिका १ का १८ वर्षीय विवेक श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री