धरान उपमहानगरपालिकामा कांग्रेसका तिलक राई विजयी नजिक

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका नेकपा र नेपाली कांग्रेसबीच मत अन्तर फराकिलो बन्दै गएको छ । पछिल्लो मत परिणाममा नेपाली कांग्रेस उम्मेदवार तिलक राई विजयी नजिक देखिएका छन् । नेकपाका उम्मेदवार प्रकाश राई उनलाई पछ्याइरहेका छन् ।

कांग्रेसका तिलक राईले २४ हजार ६५१ मत पाउँदा नेकपाका प्रकाश राईले २३  हजार १४ मत पाएका हुन् । अहिले वडा नम्बर १ र ७ को मत गणना भइरहेको छ । कांग्रेसका राई करिब २२ सय मतले जित्ने आंकलन गरिएको छ ।

शनिबार भएको उपनिर्वाचनको मतदानमा ५५ हजार ११ मत खसेको थियो । यसअघि २०७४ मा भएको चुनावमा तत्कालीन एमालेका उम्मेदवार तारा सुब्बा विजयी भएका थिए ।

धरान उपमहानगरपालिका तात्कालीन नेकपा एमालेको परम्परागत गढ मानिन्छ । २०४८ सालयता त्यहाँको मेयरमा कांग्रेसले चुनाव जित्न सकेको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

म प्रधानमन्त्री बनेपछि अर्थतन्त्रमा सुधार ल्याएँ, बजेट नयाँ ढङ्गबाट आउँछ : प्रचण्ड

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ …

प्रतिकृया दिनुहॊस