बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई उपचाररत अस्पतालको आईसीयूबाटै पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले आज बिहान ४ बजे विराट नर्सिङहोमबाटै उनलाई पक्राउ गरेको हो ।
डीएसपी विनोद शर्माले पक्राउ गर्दा अनुयायीले अवरोध गर्नसक्ने भएकाले बिहानै आईसीयूबाटै नियन्त्रणमा लिएर सुनसरी लगिएको बताए । बलात्कार आरोपी सिद्धबाबालाई प्रहरीले हिजो नै नियन्त्रणमा लिन खोजेको थियो । तर विराट नर्सिङ होमले हृदयघात भएको भन्दै आईसीयूमा राखेपछि सुनसरीबाट गएको प्रहरी टोली पछि हटेको थियो ।
पक्राउ परेका उनलाई एम्बुलेन्समा हालेर अहिले जिल्ला प्रहरी कार्यालय, सुनसरी र्पुयाइएको छ । सिद्धबाबामाथि आफ्नै अनुयायीले बलात्कार गरेको आरोप लगाएकी छन् । गत कात्तिक ४ गते बलात्कार गरेको महिलाको उजुरीपछि प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको हो ।
तपाईंको प्रतिकृया




