काठमाडौं । आठ केजी सुनसहित दुईजना चिनियाँ नागरिक काठमाडौंबाट पक्राउ परेका छन् । गएराति त्रिभुवन विमानस्थलबाट दुईजना चिनियाँ नागरिक आठ किलो सुनसहित पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ ।
हङकङबाट नेपाल एयरलाइन्सको विमानमार्फत् नेपाल आएका उनीहरु विमानस्थल भन्सारमा चेकजाँचको क्रममा पक्राउ परेका डीआईजी सूर्य उपाध्यायले जानकारी दिए ।
अनुसन्धान जारी रहेकाले बाँकी विवरण पछि उपलब्ध गराइने प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया




