आठ केजी सुनसहित विमानस्थलबाट दुईजना चिनियाँ नागरिक पक्राउ

काठमाडौं । आठ केजी सुनसहित दुईजना चिनियाँ नागरिक काठमाडौंबाट पक्राउ परेका छन् ।  गएराति त्रिभुवन विमानस्थलबाट दुईजना चिनियाँ नागरिक आठ किलो सुनसहित पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ ।

हङकङबाट नेपाल एयरलाइन्सको विमानमार्फत् नेपाल आएका उनीहरु विमानस्थल भन्सारमा चेकजाँचको क्रममा पक्राउ परेका डीआईजी सूर्य उपाध्यायले जानकारी दिए ।

अनुसन्धान जारी रहेकाले बाँकी विवरण पछि उपलब्ध गराइने प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री